शनिबार, वैशाख २७, २०८२

केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालको पोल्टामा

नेपालखोज २०७९ भदौ १८ गते २०:३६

काठमाडौं । नेपालले केन्याविरुद्धको एकदिवसीय सिरिज जितेको छ । लगातार दोस्रो जित दर्ता गर्दै नेपालले एकदिवसीय सिरिज १ खेलअगावै आफ्नो पक्षमा पारेको हो । नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएको घरेलु टोली केन्याले ४६.२ ओभरमा सबै विकेट गुमाएर २१४ रन बनाउँदा नेपाल १६ रनले विजयी भयो ।

केन्यालाई रोक्ने क्रममा नेपालका दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिँदा सोमपाल कामीले तीन विकेट लिए । करण केसी, आदिल अन्सारी र पवन सर्राफले एक-एक विकेट लिए ।

केन्याका लागि रकिप पटेलले सर्वाधिक ८१ रनको पारि खेल्दा कोलिन्स ओवियाले ३७ रन जोडेका थिए । यस्तै नेलसन ओडिम्बोले २८ रन जोड्दा निहामि ओडिहाम्बोले १२ रन बनाए ।

नैरोबीमा रहेको जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको ४ बल बाँकी हुँदा सबै विकेट गुमाएर २३० रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय पारि खेले ।

प्रतिक्रिया