मंगलबार, वैशाख ११, २०८१

स्रोत नखुलेको ३९ लाख ५० हजार नगदसहित पक्राउ

नेपालखोज २०७९ भदौ १९ गते ६:३५


काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रु ३९ लाख ५० हजार पाँच सय रकमसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ९६७४ नम्बरको बसमा काठमाडौँ आउँदै गरेका नवलपरासी बर्दघाट नगरपालिका वडा नं ६ का २२ वर्षीय टिकाराम भट्टराईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बसको ‘ग्यालेरी’मा हरियो रङको झोलाभित्र रहेको उक्त रकमसहित भट्टराई पक्राउ परेको जानकारी दिए । पक्राउ भट्टराईसँग प्रहरीले झोला, नगद र एकथान मोबाइल बरामद गरेको छ । भट्टराईलाई प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।

प्रतिक्रिया