काठमाडौं ६मा माताप्रतापको नाम सिफारिस !
नेपालखोज
२०७९ भदौ १९ गते १३:०६

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रूपमा माता प्रताप थापा सिफारिस भएका छन् । तारकेश्वर नगरपालिका ११ नेपालटारका स्थानीयवासी थापा समाजसेवामा सक्रिय छन् । उनी हाल एमाले तारकेश्वर नगर कमिटीको उपसचिव पदमा छन् ।
थापाले १८ वर्ष नेपाल प्रहरीमा सेवा गरेका छन् । राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनी सरकारी सेवामा रहँदा यूएन मिसनमा पुलिस अब्जभर मोनिटरका रूपमा एक वर्ष हैटीमा बसेर पनि सेवा गरेका थिए ।
सरकारी सेवामा रहँदा अमेरिकाको पनि भ्रमण गरेका थापा पार्टीले विश्वास गरेर टिकट दिए चुनाव जित्नेमा विश्वस्त छन् । समाजसेवी र नागरिकको समस्या बुझ्ने थापा समाजसेवा गर्छु भनेर राजनीतिमा लागेको बताउँछन् । युवामाझ लोकप्रिय थापाले कोरोना महामारीमा नागरिकको घरघर पुगेर पनि सहयोग गरेका थिए ।
सम्बन्धित

प्रतिक्रिया