केन्द्रीय सदस्य कार्की सुनसरी क्षेत्र ४ बाट सिफारिस

नेपालखोज २०७९ भदौ २० गते ८:०५

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन् । सोही क्षेत्रबाट प्रतिनिधिसभाका सांसद उनी सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता समेत हुन् ।

केन्द्रीय सदस्य कार्कीलाई प्रतिनिधिसभा सदस्यका लागि सुनसरी क्षेत्र ४ बाट प्रत्यक्ष तर्फको निर्वाचनमा एकल नाम सिफारिस भएको कांग्रेसका क्षेत्रीय सचिव रोशनकुमार खड्काले जानकारी दिए ।

प्रतिक्रिया