शनिबार, जेठ ५, २०८१

असोजदेखि सातामा पाँच कार्य दिन मात्र नेप्से खुल्ने !

नेपालखोज २०७९ भदौ २० गते १४:२४

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले असोजदेखि सातामा पाँच कार्य दिन मात्र नेप्से खुल्ने जानकारी दिएको छ । यसअघि शुक्रबारसमेत गरी सातामा ६ कार्य दिन नेप्से खुला रहदै आएको थियो । अब शुक्रबार कारोबार बन्द हुने भएको हो ।

नेप्सेको सञ्चालक समितिको बैठकले सातामा पाँच कार्य दिन मात्र नियमित कारोबारको लागि नेप्से खुला गर्ने निर्णय गरेको हो । यसअघि पनि सातामा पाँच कार्य दिन मात्र नेप्से खुला रहने गरेको थियो । तर सरकारले २०७९ जेठबाट शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएपश्चात नेप्से शुक्रबार पनि खुल्ला गरिएको थियो । शुक्रबार दुई घण्टाको लागि सेयर कारोबार खुल्ला हुने गरेकोमा असोज देखि भने शुक्रबारको कारोबार बन्द हुनेछ ।

प्रतिक्रिया