शुक्रबार, मंसिर २८, २०८१

नक्कली डिएसपी सक्कली प्रहरीको फन्दामा

नेपालखोज २०७८ जेठ ३१ गते २०:१८

काठमाडौं । आफुलाई नेपाल प्रहरीको डाक्टर हुं, मेडिकल प्रहरी नायव उपरीक्षक भन्दै ठगी गर्ने ४४ बर्षिय कृष्ण प्रशाद ढुंगाना सक्कली प्रहरीको फन्दामा परेका छन् ।

महानगरीय अपराध महाशाखा मिनभवनका अनुसार काठमाडौंको तारकेश्वर वडा नम्वर ६ जरङगु घर भएका ढुुंगानाले नेपाल प्रहरीको पोशाक लगाएको फोटो फेशबुकमा राखेर बिभिन्न व्यक्तिहरुलाई ठगी गर्दे आएका थिए ।

सोही आधारमा उनलाई तारकेश्वरमा नै रहेको भिक्टोरिया फार्मेसीबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उनको साथबाट प्रहरीको युनिफर्म, नेपाल प्रहरीको जर्सी, मोबाईल लगायतका सामानहरु बरामद भएको छ ।

प्रतिक्रिया