नेपाल लाइफले हिमाल आरोहणमा सहकार्य गर्ने
नेपालखोज
२०७९ भदौ २० गते १४:२७

काठमाडौं । गोर्खाको मध्यम परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो । उनी पेशाले फोटो पत्रकारसमेत हुन् । उनले सगरमाथासहित नेपालको ८००० मिटरभन्दा माथि उचाईमा रहेका सातवटा हिमालहरु चढि सकेकी छन् ।
अब पूर्णिमा श्रेष्ठ बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा गर्दे छिन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको छ । यसै सन्दर्भमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र पूर्णिमा श्रेष्ठ बीच सम्झौतामा हस्ताक्षर भएको छ ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पराजुलीले श्रेष्ठको सफल आरोहणको कामना गरे । श्रेष्ठले आफ्नो हिमाल आरोहणमा नेपालकै सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनीसँग सहयात्रा गर्न पाएकोमा गौरभान्वित र हौसला मिलेकोे बताइन् ।
सम्बन्धित








प्रतिक्रिया