‘सुरक्षागार्डलाई थुनामुक्त गर्न मैले नै भनेकाे हुँ’

नेपालखोज २०७९ भदौ २० गते १८:३०

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले थुनामा रहेका सुरक्षागार्ड शेरजंग गुरुङलाई थुनामुक्त गर्न आफूले नै गृहमन्त्रालयलाई आग्रह गरेको बताएका छन् ।

उनले विज्ञप्ति जारी गर्दै मन्त्रीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका गरुड सेक्युरिटिजका सुरक्षागार्ड गुरुङले प्रहरीसमक्ष माफी मागेको बताउँदै नियन्त्रणमुक्त गरिदिन गृहमन्त्री बालकृष्ण खाँणलाई आग्रह गरेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएकाे छ, ‘सामान्य पदीय मर्यादालाई समेत ख्याल नगरी सुरक्षा गार्ड गुरूङले मन्त्रीज्यू र सुरक्षाकर्मी समेतलाई अभद्र व्यवहार गरेको विषयलाई लिएर नेपाल प्रहरीले उनलाई नियन्त्रणमा लिएकोमा उनले प्रहरी समक्ष गल्ती महशुस गरिसकेकोले नियन्त्रणमुक्त गरिदिन मन्त्रीज्यूले गृह मन्त्रालयलाई आग्रह गर्नुभएको छ ।’

प्रतिक्रिया