मन्त्री गहतराजले महिला साफको उदघाट्न गर्ने
नेपालखोज
२०७९ भदौ २० गते १८:३८

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले काठमाण्डौंमा हुने महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाट्न गर्ने भएका छन् । काठमाडौंको दशरथ रंगशालामा मंगलबार हुने उद्घाटन समारोहमा मन्त्री अथकले सहभागीता जनाउने भएका हुन् ।
एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईले उद्घाटन सत्रमा मन्त्री गहतराजलाई दिएको निम्तो स्वीकार गरेका हुन् । एन्फाका अनुसार मंगलबार साँझ ५ः३० बजे सुरु हुने उद्घाटन खेलमा आयोजक नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा सहभागी हुन सबै टोली नेपाल आइपुगेका छन् ।
सम्बन्धित
प्रतिक्रिया