प्रतिनिधिसभाको बैठक बस्दै
नेपालखोज
२०७९ भदौ २१ गते १०:२२

काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसाे १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने छ । आजकाे बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको सदनमा दफावार छलफल गरियोस्,’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ ।
त्यस्तै प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिनेछ । साथै सो विधेयक पारितका लागि मन्त्री शर्माद्वारा आजै प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएकाे छ ।

सम्बन्धित

प्रतिक्रिया