असन र इन्द्रचोकको फुटपाथ व्यापार हटाउन महानगरको निर्देशन
नेपालखोज
२०७९ भदौ २१ गते १३:१९

काठमाडौं । काठमाडौं महानगरपालिकाले असन र इन्द्रचोक क्षेत्रका फुटपाथको व्यापार हटाउन निर्देशन दिएको छ । महानगरपालिकाले केही दिन अगाडी नै सामान हटाउन भने पनि व्यवसायीले अहिलेसम्म पसल नहटाएको भन्दै असन इन्द्रचोक क्षेत्रमा आज (मंगलबार) महानगरले फुटपाथको व्यापार हटाउन सुरु गरेको हो ।
सडकमा गरेको व्यापारले काठमाडौंको सौन्दर्यता पुरातात्विक धार्मिक एवं पर्यटन समेतलाई असर परिरहेको भन्दै महानगरले फुटपाथको व्यापार हटाउन थालेको हो । काठमाडौं महानगरको नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार इन्द्रचोकदेखि असन क्षेत्रको फुटपाथ खाली गराउन थालिएको बताए ।
सम्बन्धित

प्रतिक्रिया