‘नैतिकपतन हुने कार्य गर्ने अधिकारीलाई अध्यक्ष स्वीकार्न सकिँदैन’

नेपालखोज २०७९ भदौ २१ गते १४:३८

काठमाडौं । नेपाल विधार्थी संघ रामेछापका ३० जना नेतृत्वले जिल्ला कार्य समितिका अध्यक्ष सुशिल अधिकारीविरूद्ध विभिन्न आरोप लगाउँदै राजिनामा माग गरेका छन् । जिल्ला कार्य समितका उपाध्यक्ष प्रभाकर ढुंगेल तथा कोषाध्यक्ष युवराज सुवेदीसहितले विज्ञप्तीमार्फत् अध्यक्ष अधिकारीले नेविसंघको विधि विधानलाई लत्याउदै अवैधानिक गतिविधि सञ्चालन गरेकोमा आपत्ति प्रकट गरेका छन् ।

अध्यक्ष अधिकारीमाथि आधा दजर्नभन्दा बढी गम्भीर आरोप लागेको छ । उनीमाथि कर्तव्य र विधान पालना नगरेको, एकलौटी र मनोमानी गतिविधि गरेको, उपाध्यक्ष ढुंगेलको चरित्र हत्या गरेको लगायत अरोप लागेको छ । उक्त विज्ञप्तीमा नैतिक पतन भएका अध्यक्षलाई पदमुक्त गराउन नेपाली काँग्रेस जिल्ला कार्य समिति र नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समिति समक्ष अनुरोध गरिएको छ भने, माग पूरा नभए सम्पूर्ण पदाधिकारी जिम्मेवारीबाट बाहिरिने चेतावनी दिइएको छ ।

विज्ञप्ती

प्रतिक्रिया