जीडब्ल्यूएम नेपालको ‘ग्रेट डिल, ग्रेट च्वाइसेस’ अफर सार्वजनिक

काठमाडौं । ग्रेट वाल मोटर (जि.डब्लु.एम) गाडीको नेपालका लागि आधिकारीक विक्रेता भि.जी. ईम्पेक्स प्रा.लि ले दशैँ, तिहार र छठको अवसर पारी जि.डब्लु एमका गाडीको खरीदमा आकर्षक छुटका साथ विभिन्न योजनाहरु उपलब्ध गराउने भएको छ ।
यो योजना ग्रेट वाल मोटरका सबै प्रकारका गाडी-हाभल एच् सिक्स, हाभल जोलायन, पावर र विंगल ५ मा उपलब्ध छ । कम्पनीको यो अभियान ‘ग्रेट डिल्स, ग्रेट च्वाइसेस’ ग्राहकहरुप्रति प्रतिवद्वताको निरन्तरताका साथ चाडपर्वलाई अझ हर्षोल्लास बनाउने विश्वास लिइएको छ ।
जि.डब्लु.एमका कुनै पनि गाडी किन्दा तुरुन्तै आकर्षक नगद छुट पाउन सकिन्छ । यस योजना अन्तर्गत एक वर्षको कम्प्रिहेन्सिभ बिमाका साथमा एक वर्ष सम्म फ्री मेन्टिनेन्स प्याकेजमा एक वर्षको नियमित मर्मतसम्भार खर्च र उपभोग्य वस्तुहरु समावेश छन् ।
साथै, लोएल्टी बोनसको रुपमा ग्राहक स्वयंम वा आफ्नो पविारसँग कसैको पहिले नै जि.डब्लु.एमका कुनै पनि गाडी भएमा अतिरिक्त छुट पाउनेछन् । ग्राहकहरुले नि: शूल्क एक्सेसोरिज सहित ५ वर्षको वारेन्टी सुविधा पाउनुका साथै स्पट भ्यालुएसन तथा एक्सचेन्जको अवसर पाउनेछन् भने प्याकेजमा ३ वर्षको निः शूल्क सर्भिस उपलब्ध हुनेछ ।








प्रतिक्रिया