सुपर लघुवित्तलाई राष्ट्र बैंकले गर्‍याे समस्या ग्रस्त संस्थाको रुपमा घोषणा

नेपालखोज २०७९ भदौ २२ गते १०:०५

काठमाडाैं । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थालाई समस्या ग्रस्त संस्थाको रुपमा घोषणा गरेको छ । तुलसीपुर दाङमा रहेको उक्त संस्थालाई राष्ट्र बैंकले २०७८ असोज महिनाको वित्तीय विवरणको आधारमा स्थलगत निरीक्षण गरेको थियो ।

निरीक्षणबाट उक्त संस्थाको संचालक समितिका अध्यक्ष तथा सदस्यहरू प्रत्यक्ष सम्मेलित भई संस्थाको हकहित विपरित व्यक्तिगत लाभको नक्कली ऋण खडा गरी कर्जा प्रवाह गरेको राष्ट्र बैंकको अनुगमनले पाएको छ । 

प्राथमिक पूँजी कोष अनुपात १०.३१ प्रतिशतले ऋणात्मक भएको हुँदा उक्त संस्थालाई २०७८ चैत्र २ गते राष्ट्र बैंकले संस्थालाई राष्ट्र बैंकले समस्याग्रस्त गर्नु नपर्ने कुनै कारण भए स्पष्टिकरण पेश गर्न निर्देशन दिएको थियो ।

संस्थाले दिएको स्पष्टिकरण सन्तोषजनक नभएको भन्दै उक्त संस्थालाई राष्ट्र बैंकले  समस्या ग्रस्त संस्थाको रुपमा घोषणा गरेको छ । 

प्रतिक्रिया