सुनचाँदीको मूल्य घट्यो
नेपालखोज
२०७९ भदौ २२ गते ११:४३

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर ९४ हजार रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको भाउ १ हजार रुपैयाँ घटेको छ । तेजाबी सुन आज प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला ९३ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ११ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ११ सय २५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

सम्बन्धित
प्रतिक्रिया