मेचेडाँगी पाटापुर सडक निर्माणलाई २५ करोड

नेपालखोज २०७९ भदौ २२ गते १६:१७

सुरुंगा । पूर्वो-उत्तर झापाको मेचीनग १ मेचेडाँगीदेखि नेपाल-भारत सिमानामा पर्ने पाटापुरसम्मको चार किलोमिटर सडक निर्माण प्रक्रिया सुरु भएको छ । मदन भण्डारी राजमार्ग अन्गर्गत पर्ने सो सडक निर्माणका लागि २५ करोड रुपैयाँ निकासा भएपछि सडक निर्माण प्रक्रिया अघि बढेको हो ।

सरकारले रकम निकासा गरेसँगै मदन भण्डारी राजमार्ग निर्माण परियोजना डिभिजन कार्यालय दमकले बोलपत्रसमेत आह्वान गरेको छ । बोलपत्र आह्वानसँगै परियोजना प्रमुख सुवोध देवकोटासहितको टोलीले सडकको अनुगमन समेत गरेको छ । -रासस

प्रतिक्रिया