सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
नेपालखोज
२०७९ भदौ २३ गते १०:४४

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले बढेर ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको भाउ ८ सय रुपैयाँ बढेको छ । तेजाबी सुन आज प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ९२ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ११ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ११ सय १० रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

सम्बन्धित
प्रतिक्रिया