मंगलबार, पुष ८, २०८२

आइएमई जनरल इन्स्योरेन्स र साइमेक्स इंकबिच सेवा सम्झौता

नेपालखोज २०७९ भदौ २३ गते १४:५०

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंकबिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरलका तर्फबाअट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंकका तर्फबाट सहायक महाप्रबन्धक आकाश बिक्रम थापाले हस्ताक्षर गरेका छन् ।

आइएमई जनरल इन्स्योरेन्सबाट बिवाईडी ब्रान्डका सवारी साधनहरुको बीमा गरेका ग्राहकले कुनै पनि किसिमको दुर्घटना परी सवारी साधनको क्षति भएमा नक्साल स्थित साइमेक्सको सहकार्यमा सहज सेवा प्राप्त गर्न सक्ने गरी यो सेवा शुभारम्भ गरिएको कम्पनीको भनाई छ ।

साइमेक्स इंकबाट बिक्री वितरण हुने बिआईडी ब्रान्डका सम्पूर्ण सवारी साधनको बिमाआइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाटगर्ने र बिमा पश्चात कुनै पनि दुर्घटनामा परी क्षति भएमा सो को सहज र सरल तरिकाबाट नगद रहित दावी भुक्तानी गर्ने गरी दुवै कम्पनी बिच सम्झौता भएको छ ।

कम्पनीबाट बीमा भएको चारपांग्रे निजी सवारी साधनको दुर्घटना हुन गई सवारी साधन क्षतिग्रस्त भइ मर्मत संभार गर्नु पर्ने भएमा साइमेक्स इंकको मर्मत केन्द्रमा उक्त क्षतिग्रस्त सवारी साधन मर्मत सम्भारको लागि लगि एमासो मर्मत संभार वापत लाग्ने खर्च बीमा कम्पनीले साइमेक्स इंकलाई सिधै भुक्तानी गरी लामो दावी प्रक्रियालाई सहज, सरल र झन्झटमुक्त बनाउने उदेश्यले यो सम्झौता गरिएको छ ।

सम्झौंता अनुसार आइएमई जनरल इन्स्योरेन्सले उपलब्ध गराएको मोवाइल नम्नर ९८५१३३२११३ मा फोन, एसएमएस, भाईबर र हवाट्स एप मार्फत दुर्घटनाको जानकारी गराउन सकिनेछ । सवारी साधन बिवाईडीको सर्भिस सेण्टरमा पुर्‍याए पश्चात दुर्घटनाग्रस्त सवारीको जांच गरी सवारी धनीलाई कुन मितिमा सवारी साधन फिर्ता गर्ने सो मितिको जानकारी दिइनेछ । मर्मत संभार पश्चात बिमालेखमा तोकिएको सीमासम्मको रकम कम्पनीले सिधै बिवाईडी कम्पनीलाई भुक्तानी गर्नेछ । सीमा भन्दा माथिको रकम सम्बन्धित सवारी साधन धनीले भुक्तानी गर्ने गरी सो को जानकारी सम्बन्धित सावारी धनीलाई गराइनेछ ।

साथै मर्मतको दौरानमा सवारी धनीलाई सवारी साधनको मर्मतको यथास्थितीको जानकारी बिवाईडीबाट भई रहनेछ । यसरी सहज र सरल रुपमासवारी धनीहरुले नगद रहित दावी सेवा प्राप्त गर्न सक्नु हुने हुनाले बिमा गर्दा र दावी पर्दा सहज सेवा प्रदान गर्नेगरी दुवै कम्पनी बीच सेवा सम्झौता भएको छ ।

प्रतिक्रिया