राष्ट्रपतिबाट म्यानमार र मलेसियाका लागि राजदूत नियुक्त

नेपालखोज २०७९ भदौ २३ गते २०:२४

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले हरिश्चन्द्र घिमिरेलाई म्यानमार र डिल्लीराज पौडेललाई मलेसियाका लागि नेपालको आवासीय राजदूत पदमा आज नियुक्त गरेका छन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उनहरुलाई नियुक्त गरेका राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपति भण्डारीले आजै संयुक्त अधिराज्य बेलायतका लागि नेपालका आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई माल्टाका लागि र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत प्रा श्रीधर खत्रीलाई कोस्टारिकाका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका छन् ।

प्रतिक्रिया