शनिबार, पुष ५, २०८२

बेलायती महारानीकाे स्वास्थ्य स्थिति गम्भीर

नेपालखोज २०७९ भदौ २३ गते २२:००

काठमाडाैं । बेलायतकी महारानी एलिजाबेथ द्वितीय स्कटल्याण्डको बालमोरल अस्पतालमा चिकित्सकको निगरानीमा रहेकी छन् । महारानीको स्वास्थ्य बिग्रदै गएकाले उनी निरन्तर चिकित्सकको निगरानीमा रहेकी हुन् ।

९६ वर्षीया महारानीका निकट परिवार सदस्य धमाधम बालमोरल गएको वा बाटोमा हुनुले पनि उनको स्थिति गम्भिर रहेको पुष्टि गरेकाे जनाइएकाे छ ।

चिकित्सकहरूले उनको स्वास्थ्यको बारेमा थप चासो व्यक्त गरेपछि उनलाई अस्पतालमा राखिएको बकिङ्घम प्यालेसले बिहीबार जनाएको छ । ‘आज बिहान थप परीक्षणपछि उहाँलाई मेडिकल सुपरीवेक्षणमा रहन सिफारिस गरिएको,’ बकिंघम प्यालेसले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

प्रतिक्रिया