सीपीएल छोडेर नेपाल फर्किँदै सन्दीप, भन्छन्- आधारहीन आरोपको सामना गर्छु

नेपालखोज २०७९ भदौ २४ गते ७:५८

काठमाडाैं । बलात्कारको आरोप लागेका नेपाल राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको र न्याय पाउनेमा विश्वस्त रहेको बताएका छन् ।

लामिछानेले सीपीएल छोडेर नेपाल फर्किन लागेको पनि बताएका छन् । बलात्कार आरोपमा आफू निर्दोष रहेको भन्दै उनले कानुनप्रति भरोसा रहेको बताएका हुन् ।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत उनले आधारहीन आरोपको सामना गर्न आफू तयार रहेको भन्दै अनुसन्धानमा सघाउने बताएका छन् । 

बलात्कार आरोप लागेपछि बिहीबार क्यानले एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरेकाे थियो । नाबालिगलाई बलात्कारको आरोप लागेका सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएपछि क्यानले निलम्बन गरेको हो ।

प्रतिक्रिया