चौधौं काठमाडौं म्याराथन भोलि, म्याराथन अवधिभर सवारी नचलाउन आग्रह

नेपालखोज २०७९ भदौ २४ गते १०:११

काठमाडौं । चौधौं काठमाडौं म्याराथन भोलि शनिबार alहान हुँदैछ । हरेक jर्ष हुँदै आएको म्याराथनको यस वर्षको संस्करण भोलि बिहान ६.३० बजे सुरु हुने छ । यसपटक १२ सय बढी धावकले म्याराथनमा सहभागिता जनाउँदै छन् ।

काठमाडौंको त्रिपुरेश्वरबाट सुरु हुने म्याराथन थापाथली, पुलचोक, जावलाखेल, लगनखेल,कोटेश्वर,भक्तपुर,सूर्य विनायक, पोटरी स्क्वायर, दरबार स्क्वायर, पुरानो ठिमी,पेप्सीकोला,जडिबुटी,कोटेश्वर, तीनकुने,गौशाला, सुकेधारा,नारायणगोपाल चोक,केशर महल, नारायणहिटी दरबारमार्ग, भद्रकाली, शहीदगेट हुँदै पुनः त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुगेर टुंगिने छ ।

सबै सहभागी धावक साढे ११ बजेसम्ममा दशरथ रंगशाला प्रवेश गरिसक्ने आयोजकको विश्वास छ । काठमाडौं म्याराथनको नियमित आयोजना गर्दै आएका एवं नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले दौड अवधिभर सडकको दायाँबायाँ उभिएर धावकको हौसला बढाइदिन अवरोध गरेका छन् ।

यस्तै उनले म्याराथनको समयमा सडकमा सवारी साधन लिएर ननिस्कन दिन पनि आग्रह गरेका छन् । सडकमा धावकहरु दौडिरहेको वखत कसैलाई पनि सडक उत्रेर नदौडिदिन पनि श्रेष्ठको आग्रह छ । म्याराथन सफल पार्न सरोकारवाला सबै पक्षको सहयोगको अपेक्षा पनि गरिएको छ ।

प्रतिक्रिया