शुक्रबार, वैशाख १४, २०८१

कलंक जस्तै बलात्कारको झुटो मुद्दा

नेपालखोज २०७९ चैत ३ गते १३:१५

काठमाडाैं । भारतको कठोर यौन उत्पीडन कानून अभियोजकहरूलाई अझ प्रभावकारी रूपमा मुद्दा चलाउन र पीडितहरूको मर्यादा पुनर्स्थापना गर्न सक्षम बनाउन डिजाइन गरिएको हो, तर यसले कथित रूपमा अन्याय पनि गरिरहेको छ । सफ्टवेयर कर्मचारी आलोक वर्मा आफू देशको बलात्कार विरोधी कानूनको शिकार भएको बताउँछन् ।

२९ वर्षीय आलोकले आफ्नी प्रेमिकाका आमाबुवाले उनीमाथि यौन उत्पीडनको झुटो आरोप लगाएपछि जागिर गुमाएका थिए । आलोक भन्छन्- उनलाई याद छ जब उनले आफ्नी प्रेमिकासँग ब्रेकअप गरे त्यसपछि उनिरुले उजुरी फिर्ता लिए । आलोक भन्छन्- उनका आमाबाबु हाम्रो सम्बन्ध समाप्त होस् भन्ने चाहन्थे जुन पूरा पनि भयो । यता उनलाई नयाँ जागिर खोज्न महिनौं लाग्यो र उनको प्रतिष्ठामा लागेको दाग अझै हटेको छैन ।

आलोक भन्छन्, ‘बलात्कारको आरोप लगाउन धेरै सजिलो छ, तर त्यसको दाग वर्षौंसम्म रहन्छ । आज पनि मेरो बुवाको शिर लाजले झुकेको छ । दिल्लीको उक्त घटनापछि हामी जुन वातावरणमा बाँचिरहेका छौं, त्यो डरलाग्दो छ । जबरजस्ती करणीको उजुरी दर्ता हुनेबित्तिकै होहल्ला सुरु भएको थियो ।”

फसाउनका लागि झुटो आरोप

मार्च २०१२ को जघन्य बलात्कार र हत्यापछि सरकारले महिलाविरुद्धको अपराधसम्बन्धी कानुनमा ठूलो परिवर्तन गरेको थियो । प्यारामेडिकल छात्रामाथि भएको बलात्कारको घटनाको भारतमा मात्र होइन विदेशमा समेत निन्दा भएको थियो । त्यस पछि बनेको कानूनले एसिड आक्रमण लगायतका नयाँ अपराधहरू पनि समेटेको छ भने कानूनले यौन दुर्व्यवहारको शंकास्पद व्यक्तिलाई प्रारम्भिक अनुसन्धान बिना नै हिरासतमा राख्न अधिकार दिन्छ। यो कानूनका समर्थकहरू भन्छन् कानूनले पीडितहरूलाई थप सशक्त बनाएको छ , जसले गर्दा उनीहरूले उजुरी दर्ता गर्न सक्छन्। दिल्लीमा अहिले पनि वर्षेनि बलात्कारका हजारौं घटना दर्ता हुन्छन् ।

यता आलोचकहरूले बलात्कार कानूनको कथित दुरुपयोगको व्याख्या गर्न अपराधको तथ्याङ्क प्रयोग गर्छन् । आधिकारिक तथ्याङ्क अनुसार दिल्लीमा बलात्कारको आरोपमा दोषी ठहर हुने दर तल झरेको छ। द हिन्दु अखबारले गरेको अनुसन्धान अनुसार दिल्लीमा दर्ता गरिएको ४० प्रतिशत जति मुद्दामा सहमतिमा यौन सम्बन्ध भएको र धेरैजसो घटनामा महिलाका आमाबुवाले उजुरी दिएको पाईएको थियो । प्रतिवेदनमा २५ प्रतिशत यस्ता केसहरू फेला परे जसमा पुरुषले इन्गेजमेन्ट गरेपछि वा विवाहको वचन दिएपछि वचन अनुरुप काम नगर्दा सृजना भएका थिए ।

आफ्नी प्रेमिकाले बिहे नगरे बलात्कारको झुटो मुद्दामा फसाउने धम्की दिएपछि केही समयका लागि आफुले जेल जानुपरेको सहायक प्राध्यापक सलमान अल्वी बताउँछन । उनी भन्छन्, हाम्रो कानूनी प्रणाली पुरुषप्रति पक्षपाती छ ।

केही कार्यकर्ताहरू भन्छन्- महिलाहरूले यौनका लागि झुटो बोल्ने पुरुषहरू बिरुद्ध बलात्कारको आरोप प्रयोग गर्छन । तर अल्वी यसमा सहमत छैनन् । उनी भन्छन्, “अविवाहित महिलाहरूले सेक्सलाई अस्वीकार गर्न सक्छन्। यदि तिनीहरूले गर्दैनन् भने त्यसलाई सहमतिका रूपमा लिनुपर्छ।” वकिल तथा अभियन्ता वृन्दा ग्रोवरले अल्वीको चिन्ता बुझेकि छिन । उनका लागि यो दुबै लिङ्गका लागि समान व्यवहारको मुद्दा हो । उनले द हिन्दू अखबारलाई भनिन्, “मलाई लाग्दैन कि यो बलात्कार हुन सक्छ । एकातिर महिलाहरू समानता चाहन्छन् । त्यसैले हामी दुवै पक्षबाट महिलालाई मात्र फाईदा हुने कुरा बोल्न सक्दैनौं।”

पुरुष अधिकारका लागि काम गर्ने संस्था सेभ इन्डियन परिवार फाउन्डेसनका स्वरूप सरकार भन्छन्ल, बलात्कारको उजुरी मेडिकल परीक्षण नगरी तथा वर्षौ पछि दर्ता गर्नुहुँदैन ।

प्रतिक्रिया