शुक्रबार, असार ६, २०८२

सुनचाँदीको मूल्य सामान्य बढ्यो

नेपालखोज २०७९ भदौ २४ गते १०:४२

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला १ सय रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ १ सय रुपैयाँ बढेको छ । तेजाबी सुन आज प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार प्रतितोला ९३ हजार ३ रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ११ सय ३५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया