नेपालमै पहिलो पटक नेल आर्ट च्याम्पियनसीप २०२२ हुंदै, प्रथम विजेतालाई ५० हजार नगद

काठमाडौं । नेपालमै पहिलो पटक नेपाल नेल च्याम्पियनसीप २०२२ हुने भएको छ । ‘द जङस्ट्रङ नेलआर्टको आयोजनामा यही सेप्टेम्बर १० तारिख ( भाद्र २५ गते शनिबार ) का दिन सिल्भर ओक पार्टी प्यालेस गैरीधारा काठमाडौंमा आयोजना हुने भएको हो ।

नेल च्याम्पियनसीपमा प्रथम हुने विजेतालाई ५० हजार नगद तथा प्रमाणपत्र र पदक प्रदान गरिनुका साथै द जङस्ट्रङ नेलआर्ट दुबाई शाखामा रोजगारको व्यवश्था समेत गरिनेछ । नेपाल नेल च्यम्पियनसीप विजेता घोषणा हुनेले दुबाइ नेल च्याम्पियनसीप २०२३ को प्रतिस्प्रधामा भाग लिने अवसर प्राप्त गर्नेछन् । लामो समयदेखी स्वास्थ्य र सौन्दर्यलाई ध्यानमा राख्दै नेलआर्ट, नेल एक्सटेन्सन, नेल हाइजिन मा काम गर्दै आइरहेको द जङस्ट्रङ नेलआर्टले हाल नेपाल लगायत दुबाइ, साउदी, कतार लगायतका मिडिल इस्ट देशमा आफ्नो शाखा विस्तार गर्न सफल भएको छ ।

द जङस्ट्रङ नेलआर्टका सञ्चालक सुनिलजंग मल्लका अनुसार सौन्दर्य क्षेत्रमा नयां आयाम थप्ने मात्र नभएर सयौं नेपालीलाई रोजगारी समेत दिइरहेको द जङस्ट्रङ नेलआर्टले नेपालको सौन्दर्य क्षेत्रमा पहिलो पटक यस्तो किसिमको नेल प्याजेन्ट गर्ने आंट गर्नु भनेको नेपाल र नेपाली कलालाई बिदेशी स्तरसम्म चिनाउने र फैलाउने मुल लक्ष्य तथा उद्धेश्य हो ।

नेपाल नेल च्याम्पियनसीप २०२२ मा दुबाइ नेल च्याम्पियनसीपका निर्देशक गलिना स्पाइरलिंग, दुबाइ नेल च्याम्पियनसीपका निर्णायकहरु सुनिलजंग मल्ल, सरस्वती मल्ल अधिकारी र मारिया मुख्य निर्णायकका रुपमा रहनेछन् छन् भने फ्लोर निर्णायकमा निरज जिरेल, किरण मल्ल, सुनिता लामा र एनी निरौला रहनेछन् । नेपालको बेरोजगारी समस्यालाई टि जगंस दुबाइले तालिम पश्चात रोजगारी प्रदान गर्नका लागी यो आयोजना गर्न लागिएको कार्यक्रम आयोजकको दाबी छ ।



प्रतिक्रिया