बिहीबार, वैशाख १३, २०८१

विज्ञापन नदिँदा तथ्यहीन समाचार प्रकाशन गरेको गुनासा छन्- प्रेस काउन्सिल

नेपालखोज २०७८ पुष २६ गते १४:१९

काठमाडौं । पत्रकार तथा सञ्चारमाध्यमलाई सत्य, तथ्य र सन्तुलित समाचार मात्र सम्प्रेषण गर्न प्रेस काउन्सिलले अनुरोध गरेको छ । एक विज्ञप्ति जारी गर्दै काउन्सिलले सञ्चारमाध्यमबाट सम्प्रेषित समाचार तथा समाचार सामग्रीबाट पीडित पक्षले प्रेस काउन्सिल नेपालमा उजुरी दिने व्यवस्था रहेको उल्लेख गरेको छ ।

प्रेस काउन्सिल नेपालले प्रेस काउन्सिल ऐन, पत्रकार आचारसंहिताबमोजिम काउन्सिलमा प्राप्त हुने उजुरी र जनगुनासाहरूको सुनुवाई गर्नुका साथै सञ्चार माध्यमबाट सम्प्रेषित सामग्रीहरूको नियमित अनुगमन गर्दै आइरहेको जनाएको छ । पछिल्लो समय कतिपय सञ्चार माध्यम तथा सम्बद्ध व्यक्तिबाट विज्ञापनको अनावश्यक दबाब दिने गरेको उजुरी आउने गरेको काउन्सिलले जनाएको छ । विज्ञापन दिन अस्वीकार गरेमा त्यस संस्था, कम्पनी एवम् व्यक्तिको बारेमा तथ्यहीन, आधारहीन, अपुष्ट आरोपहरू लगाई समाचार प्रकाशनरप्रसारण गर्ने गरेको भनी गुनासाहरू प्राप्त हुने गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘समग्र प्रेसलाई धुमिल्याउने गतिविधि नगर्नरनगराउन तथा हुन नदिनेतर्फ सजगता अपनाउन प्रेस काउन्सिल नेपाल सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँछ। साथै मिडिया तथा सम्बद्ध पक्षको नाममा हुने क्रियाकलापबाट पीडित व्यक्तिर संघ/संस्था/व्यवसायी/उद्योगी/सार्वजनिक निकायसमेत सजग हुनुपर्दछ । तसर्थ यस्ता विज्ञापन लगायत बार्गेनिङ गर्ने र माग बमोजिम नभएमा धम्की दिने, तथ्यहीन सामग्री प्रकाशनरप्रसारण गर्नेजस्ता कियाकलाप भएका छन् भने उक्त विषयको अभिलेख एवं प्रमाणसहित प्रेस काउन्सिल नेपालमा उजुरी दिन यसै विज्ञप्तिमार्फत् काउन्सिल अपिल गर्दछ।’

प्रतिक्रिया