रामदेव तेलद्वारा विजेतालाई पुरस्कार वितरण

नेपालखोज २०७९ भदौ २४ गते १८:५४

काठमाडौं । लक्की ग्रुपको भागिनी संस्था गणपति बनस्पति प्रा.लि.ले उत्पादत गरी बिक्री वितरण गर्दै आइरहेको रामदेव तेलद्वारा आम सर्वसाधरण एवं उपभोक्ताहरुसँग अन्र्तक्रिया गर्ने उदेश्यले तपाइको हरेक चाडपर्वमा माया भर्छौ हामी, चाडपर्वको बहार हरेक साता उपहार योजना अन्र्तगत तेश्रो हप्ताको लक्की मार्फत बिजेता भएकाहरुलाई एक समारोहका बीच पुरस्कार वितरण गरेको छ ।

यस तेश्रो साताको लक्की ड्र गरिएको तेश्रो हप्ताको प्रश्नोत्तर सल्भ द पजल रहेको थियो । जस अन्र्तगत यस प्रतियोगितामा भाग लिई लक्की ड्र मार्फत विजेता हुन सफल प्रतियोगीहरुमध्ये २ जनाले जनही १÷१ कार्टुन रामदेव सनफलावर तेल प्राप्त गरे । यस प्रतियोगितामा सहभागी भई बिजेता हुन सफल काठमाडाैं थानकोटकी सुभद्रा बिष्ट र काठमाडाैं टेकुकी स्वाती मर्हजन रहेकी थिइन् ।

गणपति बनस्पति प्रालीका मार्केटिङ मेनेजर बिनोद श्रेष्ठले उनीहरु दुवैजनालाई पुरस्कार बितरण गरेका थिए । रामदेव तेलले यसरी हामीलाई डिजिटल मिडिया मार्फत जोडी उत्पादनसँग परिचित गराउएकोमा धन्यवाद दिन चाहन्छौ. पुरस्कार बिजेता स्वाती मर्हजनले बताइन् । गणपति बनस्पति प्रालीले रामदेव ब्राण्डको सनफलावर, तोरी र भटमासको तेल उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।

गणपति बनस्पति प्रालीद्वारा उत्पादत गरी बिक्री वितरण गर्दै आइरहेको रामदेव तेलद्धारा अब सुरु हुन लागेको नेपालीहरुको महान चाड तीजदेखि छठ पर्व सम्मको लागि चाडपर्वको बहार हरेक हप्ता आर्कर्षक उपहार योजना सार्वजनिक यसअघि नै गरिसकेको छ ।

जस अनुसार यो डिजिटल मिडिया फेसबुक मार्फत हुने प्रतिस्र्पधामा जो सुकैले पनि भाग लिन सक्ने तथा हरेक साता २ जना बिजेतालाई लक्की ड्र मार्फत पुरस्कार वितरण गरिने कम्पनीले जनाएको छ । गणपति बनस्पति प्राली लक्की ग्रुपको भागिनी संस्था हो ।

प्रतिक्रिया