शनिबार, जेठ ५, २०८१

मेगा बैंक : हलोदेखि हाइड्रोसम्म, विश्वास जित्दै अघि बढ्दै

नेपालखोज २०७८ असार १० गते १३:०४

वित्तीय कारोबार सञ्चालनको छोटो अवधिमा सफलताको नयाँ उचाइमा चुम्न सफल

काठमाडौ । नेपाली बैंकिङ क्षेत्रमा सामान्य आर्थिक अवस्था भएका अर्थात् भनौं किसानलाई पनि आफ्नो व्यावसायिक नारामा समेटेर वित्तीय कारोबार सञ्चालन गर्ने मेगा बैंक नेपालको पहिलो बैंक हो । हलोदेखि हाइड्रोसम्मको नारा लिएर आमनेपाली जनताको घरदैलोसम्म पुगेको मेगाका संस्थापक सेयरधनीहरु पनि ६३ जिल्लामा छन् । यस अर्थमा पनि मेगा बैंक नेपाली बैंकिङ क्षेत्रमा खास छ अर्थात् विशेष छ । देशका ७७ वटा जिल्लामध्येमा मेगा बैंकमा ६३ जिल्लामा दुई हजार ६ सय ९९ जना संस्थापक सेयरधनी छन् ।

यी सबै सेयरधनीहरुको सामूहिक प्रयासमा २०६७ साउन ७ गतेबाट औपचारिक रुपमा वित्तीय कारोबार सञ्चालन गरेको मेगा बैंकले कारोबार सञ्चालनको छोटो अवधिमै निकै नै ठूलो व्यावसायिक सफलता हात पारेको छ । स्थापनाको छोटो अवधिमै मेगाले नेपालको ठूला बैंकहरुलाई समेत प्रतिस्पर्धामा निकै नै पछाडि पारेर आफूलाई वित्तीय रुपमा निकै सवल र सक्षम बैंकका रुपमा स्थापित गराइसकेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको वित्तीय विवरणलाई आधार मान्दा बैंकको चुक्ता पुँजी १४ अर्ब ६५ करोड, निक्षेप एक खर्ब ३३ अर्ब, कर्जा एक खर्ब ४८ अर्ब, खुुद मुनाफा एक अर्ब ९७ करोड पुगिसकेको छ भने निष्क्रिय कर्जा एक दशमलव ३१ प्रतिशत मात्र छ । मेगाको यो वित्तीय अवस्था भनेको मेगा बैंक भन्दा पुराना र ठूला बैंकहरुको भन्दा पनि निकै राम्रो हो ।

मेगा बैंकलाई यो अवस्थासम्म ल्याउन सुरुवाती समयदेखि सञ्चालक एवं व्यवस्थापन समिति, आम सेयरधनी, लगानीकर्ताहरु, बैंकका निक्षेप तथा कर्जावाला ग्राहक शुभचिन्तक, नियमनकारी निकाय नेपाल राष्ट्र बैंक र मेगा बैंकको सिंगो कर्मचारी परिवारको निकै ठूलो साथ र सहयोग छ । यी सबैको साथ र सहयोगकै कारण मेगा बैंक आजको दिनमा हलोदेखि हाइड्रोसम्मको नारा लिएर नेपालको दूरदराजसम्म पुग्न सफल भएको हो ।

आम नेपाली नागरिकको सुखदु:खको बैंक, आफ्नो बैंक बन्न सफल भएको हो । मेगाले अहिले एक सय ७८ वटा शाखा, ३३ वटा एक्सटेन्सन काउन्टर, एक सय ३७ वटा एटीएम काउन्टर, ८९ शाखारहित बैंकिङ सेवा केन्द्र र ३२ सय भन्दा बढी रेमिट एजेन्टमार्फत वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ । आफ्नो व्यावसायिक एवं वित्तीय दायरा फराकिलो र बलियो बनाउन मेगाले २०७३ वैशाख १३ गते पश्चिमाञ्चल डेभलपमेन्ट बैंक, २०७५ वैशाख ३० गते टुरिजम डेभलपमेन्ट बैंक र २०७७ असार २१ गते गण्डकी विकास बैंकलाई आफूमा समाहित गराएको थियो । छोटो अवधिमै बैंकले यस किसिमको व्यावसायिक छलाङ मारिरहँदा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैकहरुमध्ये महिला व्यवस्थापन प्रमुख भएको पहिलो नेपाली बैंकका रुपमा पनि परिचय स्थापित गर्न सफल भएको छ ।

व्यवस्थापन प्रमुखका रुपमा रहेकी मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीसहितको कुुशल व्यवस्थापकीय कर्मचारी समूह र सञ्चालक समिति अध्यक्ष भोजबहादुर शाहसहितको सञ्चालक समितिको योजना र कार्यदिशाकै आधारमा मेगाले यो व्यावसायिक उचाइ हासिल गरेको हो । चुक्ता पुँजी, निक्षेप, कर्जा प्रवाह एवं खुद मुनाफा आर्जनमा समेत निकै अगाडि देखिएको मेगाले कोभिड १९ को विश्वमहामारी र यसबाट उत्पन्न असहज परिरिस्थतिका बावजुत पनि आफ्ना हरेक वित्तीय परिसूचकहरुलाई चुस्त-दुरुस्त राख्दै आमलगानीकर्ताहरुलाई सन्तोषजनक रुपमा लाभांश बाँड्न सक्ने अवस्थामा पुर्‍याउनु मेगाको ठूलो सफलता हो ।

यस्तो छ, मेगा बैंकको चालु आवको वित्तीय अवस्था (रकम रु. हजारमा, निष्क्रिय कर्जा प्रतिशतमा
विवरण चुक्ता पुँजी खुद मुनाफा निष्क्रिय कर्जा
पहिलो त्रैमास १३१३८६२१.४५ ६०७९०३.८८ १.०१
दोस्रो त्रैमास १४६५४९६४.९५ १३०४४७१.५५ १.७१
तेस्रो त्रैमास १४६५४९६४.९५ १९७२७५५.५४ १.३१
(स्रोत बैंकले विभिन्न समयमा सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण)

प्रतिक्रिया