बिहीबार, असार १२, २०८२

भस्मासुर !

नेपालखोज २०७९ भदौ २५ गते ५:००

भस्मासुर पौराणिक कालमा जन्मिएको एक असुरको नाम हो । जसलाई राक्षस भनिथ्यो । उनी सिंगो जगतमा एक्लै राज गर्न चाहन्थे । तर उनले आफ्नै तागतले नसक्ने ठानेपछि भगवान् शिवको कठोर तपस्या गरे । र, अन्ततः वर्षौको कठोर तपस्याबाट महादेव प्रसन्न भइ स्वयं महादेव भस्मासुर राक्षसको अगाडि प्रकट भए । महादेवले भने । भस्मासुर म तिम्राे तपस्याबाट प्रसन्न भए, भन तिमीलाई के चाहियो ? म दिन तयार छु । त्यसपछि हतारिदै भस्मासुरले भने । मलाई अमरत्वको वरदान दिनुहोस् ।

तर अमर हुने वरदान सृष्टि विधानका विरुद्ध हुने भएका महादेवले यो वरदान दिन नमिल्ने र अरु कुनैपनि वरदान माग्न आग्रह गरे । त्यसपछि भस्मासुरले अनौठो वरदान मागे । उनले भने महादेव मैले मेरो हात जसको शिर माथि राख्छु, उ भस्म होस् । मलाई यो वरदान दिनुहोस् । महादेवले ततास्थु भन्नुभयो ।

भस्मासुरले वरदान पाउने बित्तिकै वरदान दिने शिवलाई भस्म गर्न शिवको पछि लागे । शिवजी जसोतसो भागेर भगवान् विष्णु कहाँ पुगे । उनले आफ्नो सबै कहानी सुनाए । त्यसपछि भगवान् विष्णु भस्मासुरलाई भस्म गर्नको लागि मोहिनी रुप रचे ।

भस्मासुर शिवलाई मार्नको लागि शिवको खोजिमा दौडिरहेका थियो । त्यत्तिकैमा मोहिनी उनको अगाडि प्रकट हुन्छिन् । मोहिनीको रुपमा मन्त्रमुग्ध भएर भस्मासुर त्यही रोकिन्छ । मोहिनीलाई विवाहको प्रस्ताव राख्दछ । तर मोहिनीले जो युवक अब्बल दर्जाको नाच्न जान्द्छ, उसैसँग मात्र विवाह गर्ने कुरा भस्मासुरलाई भन्छिन् ।

भस्मासुर नाच्न जान्दैन थिए । उसले नाच सिकाउन मोहिनिको सहयोग मागे । मोहिनी पनि सिकाउन राजी भइन् । नाच सिकाउदै जादा मोहिनीले आफ्नो हात आफ्नै टाउकामा राखिन । भस्मासुरले पनि शिवको वरदान बिर्सिएर आफ्नो हात आफ्नै टाउकामा राख्यो, र भस्म भयो । यसरी भगवान् विष्णुको सहयोगले शिवको ज्यान बचेको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया