अरूले पिठो बिकाए, हामीले चामल बिकाउन सकेनौं : मन्त्री पौडेल
नेपालखोज
२०७९ भदौ २५ गते १६:४४

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माओवादी पार्टीप्रति जनताले धेरै आशा गरेको बताएका छन् । प्रेस सेन्टर नेपाल कास्की समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले माओवादीप्रति जनताको आशा धेरै रहेको बताएका हुन् ।
‘जनयुद्धमा जनतालाई जुन सपना देखाएका थियौं, त्यसमा माओवादी टुटफुट र विभाजन हुँदा मुद्दा कमजोर हुने अवस्था आयो । माओवादीको बाटोमा अरु सबै दल आएका हुन् । यति थुपै उपलब्धी प्राप्त गर्दा पनि माओवादीले प्रचार गर्न जानेन अरुले पिठा बिकाए, हामीले चामल बिकाउन सकेनौं ।’ उनले भने ।
उनले माओवादी कमजोर बन्दा परिवर्तनका एजेन्डाहरू उल्टिन सक्ने खतरा रहेकाले उपलब्धीलाई रक्षा गर्न हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताए ।
सम्बन्धित

प्रतिक्रिया