शनिबार, पुष ५, २०८२

बाढी प्रभावित पाकिस्तानमा थप वर्षा हुने

नेपालखोज २०७९ भदौ २५ गते १९:३६


इस्लामाबाद । पाकिस्तानको मौसम विज्ञान विभागले आगामी चार देखि पाँच दिनसम्म पाकिस्तानका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले जारी गरेको एक रिपोर्टअनुसार देशको माथिल्लो भागमा पानीसहितको बादल प्रवेश गरिरहेको छ र शनिबारदेखि बुधबारसम्म थप बर्षा जारी रहने सम्भावना छ ।

वर्षाका कारण पाकिस्तान प्रशासित काश्मिर, खैबर पख्तुनख्वाको पहाडी क्षेत्र, उत्तरी गिलगित–बाल्टिस्तान क्षेत्र र पूर्वी पञ्जाब प्रान्तको गलयत र मुरी क्षेत्रमा पहिरोको जोखिम हुन सक्ने बताइएको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले बाढी प्रभावित क्षेत्रका अधिकारीहरूलाई मौसम पूर्वानुमान र विद्यमान स्थलगत अवस्थालाई ध्यानमा राखेर सतर्कता अपनाउन निर्देशन दिएको छ ।

पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण जुन महिनाको मध्यदेखि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ३९६ पुगेको छ भने १२ हजार ७२८ जना घाइते भएका छन् ।

प्रतिक्रिया