सबैले देश बनाउने संकल्प गर्नुपर्छ : अध्यक्ष ओली

नेपालखोज २०७९ भदौ २५ गते २१:०९


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश समृद्ध बनाउने सामूहिक संकल्प गर्न सबैलाई आग्रह गरेका छन् ।

नेपाल वुद्धिजीवी परिषद् प्रदेश नं १ को प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उनले वुद्धिजीवीले योजनाबद्ध ढङ्गले युवालाई मुलुक उन्नतीशील, समृद्ध बनाउने अभियानमा डोर्याउनुपर्नेमा जोड दिए । पूर्व प्रधानमन्त्री ओलीले नयाँ पुस्ताले मुलुकलाई कस्तो बनाउने भन्ने सोच्ने बेला आइसकेको उल्लेख गर्दै आकांक्षा, सपनालाई सार्थक र सुन्दर भविष्य निर्माणका लागि सही मार्गदर्शन दिनका लागि परिषद्लाई आग्रह गरे ।

उनले समाजलाई परिवर्तन गरी गतिशील बनाउन वुद्धिजीवीको ठूलो भूमिका हुने चर्चा गर्दै मुलुकको विकास गर्न वुद्धिको ज्योति देखाउनुपर्नेमा जोड दिए । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा देशलाई सही बाटोतर्फ डोर्याउने पार्टीलाई सचेत तथा सजग बनाइ आमनेपाली जनताका मतदानबाठ हाम्रो पार्टीले सरकार निर्माण गराउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया