दार्चुलाका बाढीपहिरो पीडितलाई आजबाट राहत वितरण गरिँदै

नेपालखोज २०७९ भदौ २६ गते ९:१७

दार्चुला । दार्चुला बाढीपहिरो पीडितलाई आजबाट राहत वितरण गरिने भएकाे छ । आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिकाे बैठकले उक्त निर्णय गरेको हो ।

महाकाली नदी र लास्कु खोलामा आएको बाढीले खलङ्गा हुँदै दुहुँ व्याँस जोड्ने सडक अवरुद्ध बनेको छ । दार्चुला तिङ्कर सडकअन्तर्गत रिङ्गलतालदेखि कलौनभीरसम्म सडक अवरुद्ध भएको छ । दुहुँ गाउँपालिका र महाकाली नगरपालिका जोड्ने यो सडक बगाएपछि यो क्षेत्रमा आवतजावतमा समस्या भएको छ । महाकाली तटबन्ध हुँदै निर्माण गरिएको दार्चुला तिङ्कर सडक पूर्णरुपमा क्षति भएको छ ।

अविरल वर्षासँग शुक्रबार रातिदेखि आएको पहिरो र बाढीले जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो जनधनको क्षति गरेको छ ।

प्रतिक्रिया