शुक्रबार, वैशाख १४, २०८१

बजारमा पाण्डेको ‘मेरा सय गीतहरू’, जाबेद अख्तरले गरे विमोचन !

नेपालखोज २०७९ भदौ २६ गते ९:३१

काठमाडौं । बी. पाण्डेका गीतहरूको संग्रह ‘मेरा सय गीतहरू’ प्रकाशित भएको छ । भारतीय प्रख्यात कवि एवं गीतकार जाबेद अख्तरसमेतले पुस्तक विमोचन गरेका हुन् । उनले छिमेकी देशका स्रष्टाले आफूजस्तै गीत लेखेर कृति प्रकाशन गरेको भन्दै खुसी व्यक्त गरे ।

‘मेरा सय गीतहरू’ सार्वजनिक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पाण्डेका गीतहरूले मन छुने धार पक्रिएको बताए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संग्रहका गीतले राजनीति र समाजलाई जोडेको बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले गीतहरू संगीत भर्ने मात्र नभई यसरी कृतिका रूपमा पनि प्रकाशन गर्दा थप जीवन्त हुनेमा जोड दिए ।

पुस्तकलाई एबीसी पब्लिकेसनले बजारमा ल्याएको हो । गीतकार पाण्डेले आफ्नो पुस्तकले समाजका विभिन्न क्षेत्रसँग गीत-संगीत क्षेत्रलाई जोड्न चाहेको बताएका थिए । उनले साहित्यमा अरु जस्तै गीत विधा पनि फरक र समाजका विषयवस्तुलाई जीवन्त बनाउने विधा भएकाले सबैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिए ।

प्रतिक्रिया