शुक्रबार, चैत १६, २०८०

विशेष पत्रकार सम्मेलन गर्दै सभापति लामिछाने

नेपालखोज २०७९ माघ २२ गते ११:११

काठमाडाैं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने बताएका छन् ।  सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति लामिछानेले बताएका छन् ।

गृहको सट्टा भौतिक पूर्वाधार मन्त्रालय लिन प्रधानमन्त्री प्रचण्डले रास्वपालाई प्रस्ताव गरेका छन् । गृहकै अडानमा रहेको उक्त पार्टीले प्रधानमन्त्रीको नयाँ प्रस्तावमा आवश्यक छलफल तथा निर्णय गर्न  केहीबेरमा केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको छ ।

प्रतिक्रिया