निलम्बित प्रधानन्यायाधीश राणाकाे बयान आज पनि हुने

नेपालखोज २०७९ भदौ २६ गते ११:१७

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान आज हुने भएकाे छ । आज दिउँसो साढे १२ बजे बस्ने बैठकमा जबराको बयान हुने बताइएकाे छ । महाअभियोग सिफारिस समितिले उनीसँग भदौ १५ गतेदेखि बयान लिन सुरु गरेको थियो । बयानका क्रममा जबराले महाअभियोग प्रस्ताव निरर्थक भएको बताएका छन् ।

निलम्बित प्रधानन्यायाधीश जबराले आफू दोषी नभएको तर सबैले आफूमाथि एक पक्षीयरूपमा आरोप लगाएको बयान दिएकाे बताएका छन् । छ महिनाभन्दा बढीदेखि निलम्बनको अवस्थामा रहेका राणाको महाअभियोग प्रमाणित हुने वा नहुने विषयले तीन महिनामै निष्कर्ष आउनुपर्ने भए पनि लामो समयपछि समितिमा छलफल प्रारम्भ थियाे ।

उक्त समितिको यही भदौ ८ गते बसेको बैठकले उनलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते मात्र समितिको पहिलो बैठक बसेको थियो ।

प्रतिक्रिया