६ सय ४० नयाँ व्यवसायिक प्रतिष्ठानलाई नापतौल इजाजतपत्र

नेपालखोज २०७९ भदौ २६ गते १४:२४

काठमाडौं । गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले आर्थिक वर्ष ०७८/७९ मा ६ सय ४० नयाँ व्यवसायी तथा औद्योगिक प्रतिष्ठानलाई नापतौलसम्बन्धी नयाँ इजाजाजतपत्र प्रदान गरेको छ ।

कार्यालयका अनुसार गत आवको साउनदेखि असार मसान्तसम्ममा कोशी र सगरमाथा कार्यालयअन्तर्गत व्यवसायिक फर्मलाई यो इजाजतपत्र वितरण गरिएको हो ।

कार्यालय प्रमुख मनोजकुमार पोख्रेलद्वारा उपलब्ध विवरणमा कोशी र सगरमाथाअन्तर्गत तीन हजार तीन सय १९ व्यवसायिक तथा औद्योगिक प्रष्ठिान यो कार्यालयबाट हालसम्म नापतौलसम्बन्धी इजाजतपत्र लिइ सञ्चालनमा रहेका छन् ।

योअवधिमा कार्यालबाट सात सय ३९ थान पम्पको नोजल जाँच गरेको र दुई सय ३९ ट्यांकरको क्यालिव्रेशन जाँच गरेको बताइएको छ । उपरोक्त कारोबारबाट सो अवधिमा एक करोड २० लाख ४६ हजार आठ सय ८१ रुपैयाँ राजश्व संकलन गरेको छ भने कार्यालयबाट एकल अनुगमन २२ पटक तथा संयुक्त अनुगमन २१ पटक भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया