शनिबार, जेठ ५, २०८१

नेप्सेमा गिरावट, ७४ करोड ७२ लाखको सेयर किनबेच

नेपालखोज २०७९ भदौ २६ गते १६:०४

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नै नेप्सेमा गिरावट आएको छ । नेप्से आज (आइतबार) ११ दशमलव ४७ अंकले घटेर १९ सय २६ दशमलव २८ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६ अंकले घटेर तीन सय ७४ दशमलव ७८ अंकमा झरेको छ ।

नेप्सेमा आइतबार दुई सय २१ वटा कम्पनीको २० हजार एक सय २४ पटकको कारोबारमा २५ लाख २४ हजार दुई सय २४ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम ७४ करोड ७२ लाख २६ हजार ६ सय २५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा अनय समूहको सूचक चार दशमलव सात अंकले बढेर बाँकी समूहको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक तीन दशमलव ३४ अंकले घटेर १३ सय सात दशमलव ५७ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक ५३ दशमलव ४९ अंकले घटेर तीन हजार चार सय ३५ दशलव ६० अंकमा झरेको छ ।

जलबिद्युत समूहको सूचक ३४ दशमलव २६ अंकले घटेर २१ सय ८० दशमलव ५२ अंकमा झरेको छ भने निर्जिवन बिमा समूहको सूचक ३८ दशमलव ४५ अंकले घटेर सात हजार आठ सय ६२ दशमलव ६० अंंकमा झरेको छ । यसैगरी जीवन बिमा समूहको सूचक ३९ दशमलव ६९ अंकले घटेर नौ हजार एक सय ३३ दशमलव पाँच अंकमा झरेकोमा फाईनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहको सूचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आइतबार मैलुङ खोला जलबिद्युत कम्पनीको प्रतिकित्ता सेयर मूल्य चार दशमलव ५६ प्रतिशतले बढेर पाँच सय चार रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ८२ प्रतिशतले घटेर दुई सय ६८ रुपैयाँ ८० पैसामा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता चार सय ६ रुपैयाँ ७० पैसा अन्तिम मुल्यमा तीन करोड ९५ लाख ७८ हजानर चार सय ७१ रुपैयाँ ९० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया