मंगलबार, पुष ८, २०८२

नेशनल लाइफ इन्स्योरेन्सद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

नेपालखोज २०७९ भदौ २६ गते १८:१३


काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका अनुसार सुनकोशी गाउँपालिका र एक एक पाईला फाउण्डेसनबीचको सहकार्यमा संचालित एक एक पाइला ठोकर्पा आधारभूत अस्पतालमा दाता सम्मान तथा अभिनन्दन कार्यक्रम गरिएको हो ।

सुनकोशी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष कुमार शाहीको मूख्य आतिथ्य तथा एक एक पाइला फाउण्डेसनका अध्यक्ष डा. सुमन शम्सेर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा करिब एक सय ५० जनाको सहभागिता रहेको थियो ।

सो अवसरमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा उक्त भेगमा बसोवास गर्ने जनताले सर्व सुलभ स्वाश्थ्य सेवा प्राप्त गर्न सकोस भन्ने उदेश्यले सो परियोजना कार्यान्वयनका लागि २० लाख आर्थिक सहयोग उपलव्ध गराएको थियो ।

उक्त परियोजनाबाट ठूलो संख्यामा सो क्षेत्र र आसपासका सर्वसाधारणहरु लाभान्वित हुने अपेक्षा गरिएको छ । सो समारोहमा अस्पताल व्यवस्थापन बाट आर्थिक सहयोग प्रदान गरे वापत कम्पनीका उप कार्यकारी प्रमुख प्रताप मान श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो ।

प्रतिक्रिया