अध्यक्ष ली आज आउँदै
नेपालखोज
२०७९ भदौ २७ गते ६:४८

काठमाडाैं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु सोमबार काठमाडौं आउँदै छन् ।
सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् । उनी भदौ २९ गतेसम्म नेपालमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेता लीले सोमबार नै सभामुख सापकोटासँग दुई देशीय वार्ता गर्ने कार्यसूची रहेको छ । सभामुख सापकोटाले नेता ली तथा चिनियाँ प्रतिनिधिमण्डलको सम्मानमा सोमबार साँझ रात्रिभोजको आयोजना गर्ने कार्यतालिका रहेकाे जनाइएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया