युरो एकको खरिददर १२७ रुपैयाँ ५६ पैसा, बिक्रीदर १२८ रुपैयाँ १६ पैसा

नेपालखोज २०७९ भदौ २७ गते ८:०७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (साेमबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६४ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १२८ रुपैयाँ १६ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४७ रुपैयाँ २३ पैसा र बिक्रीदर १४७ रुपैयाँ ९२ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ८५ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ८१ पैसा रहेको छ भने, बिक्रीदर ३३ रूपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया