शुक्रबार, असार ६, २०८२

सुनको मूल्य घट्यो, चाँदीको मूल्य स्थिर

नेपालखोज २०७९ भदौ २७ गते १०:४६

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ घटेको छ । भने चाँदीको भाउ स्थिर रहेको छ । छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ ३ सय रुपैयाँ घटेको छ । तेजाबी सुन आज प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला ९३ हजार ४ रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदी आज प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया