बैंकिङ कसुर मुद्दाका फरार राजिव कँडेल पक्राउ

नेपालखोज २०७९ भदौ २७ गते १२:४३

काठमाडौं । काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी धादिङ धुनिवेशी नगरपालिका १ घर भई काठमाडौं महानगरपालिका १३ बाफल बस्ने २८ वर्षीय राजिव कँडेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललितपुरको विभिन्न मितिको फैसलाले ४ दिन कैद र नगद ५ लाख ६० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बाफलबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।

प्रतिक्रिया