शनिबार, जेठ ५, २०८१

१३ अंकले नेप्से घट्यो, ८३ करोड १६ लाख रुपैयाँको सेयर किनबेच

नेपालखोज २०७९ भदौ २७ गते १६:१०

काठमाडौं । नेप्सेमा पुन गिरावट आएको छ । अघिल्लो दिन ११ दशमलव ४६ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज (सोमबार) पुन: १३ दशमलव ५९ अंकले घटेर १९ सय १२ दशमलव ६९ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३९ अंकले घटेर तीन सय ७२ दशमलव ३४ अंकमा झरेको छ ।

दुई सय २५ वटा कम्पनीहरुको २० हजार पाँच सय ५८ पटकको कारोबारमा २६ लाख १३ हजार पाँच सय ४० कित्ता सेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम ८३ करोड १६ लाख तीन हजार ६ सय ५० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा सामूहिक लगानी कोष समूहको सूचक झिनो अंकले बढेर बाँकी समूहको सूचक घटेका छन् । तिमध्ये वाणिज्य बैंक समूहको सूचक पाँच दशमलव १७ अंकले घटेर १३ सय दुई दशमलव ४१ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि १४ दशमलव २८ अंकले घटेर ३४ सय २३ दशमलव तीन अंकमा झरेको छ ।

जलबिद्युत समूहको सूचक ३१ दशमलव २३ अंकले घटेर २१ सय ४९ दशमलव ३७ अंकमा झरेकोमा जीवन बिमा समुहको सूचक ५२ दशमलव ५५ अंकले घटेर नौ हजार ८० दशमलव ५० अंकमा झरेको छ । निर्जिवन बिमा समूहको सूचक ४६ दशमलव ८८ अंकले घटेर सात हजार आठ सय १५ दशमलव ७२ अंकमा झरेकोमा फाईनान्स, होटेल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, अन्य, ट्रेडिङ र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज युनाईटेड इदी मर्दी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य चार दशमलव १७ प्रतिशतले बढेर पाँच सय ५० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा नेपाल इन्भेष्टमेन्ट बैंक ऋणपत्र २०८२ को प्रतियुनिट सेयर मूल्य नौ दशमलव ५८ प्रतिशतले घटेर नौ सय ५९ रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको छ ।

यसैगरी नविल बैंकको प्रतिकित्ता सात सय ५५ रुपैयाँ अन्तिम मूल्यमा चार करोड सात लाख ५४ हजार सात सय ६३ रुपैयाँ ७० पैसाको सेयउयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया