स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ, ट्राफिक नियम उल्लङघन गर्ने कारवाहीमा

नेपालखोज २०७९ भदौ २८ गते १८:३४

काठमाडौं । स्कुलकलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तरगत आज १८ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका १८ जना विद्यार्थी चालकहरु कारवाहीमा परेका हुन् । त्यस्तै चेकिङको क्रममा ट्राफिक नियम उल्लङघन गर्ने अन्य १ सय ८२ ओटा सवारी साधनका चालक पनि कारवाहीमा परेका छन् ।

जसअन्तरगत बिहानै मापसे गरी मोटरसाईकल चलाउने ३ जना पनि कारवाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया