मंगलबार, पुष ८, २०८२

माछापुच्छ्रे बैंकका ग्राहकले टिभी र इन्टरनेट प्याकेज इएमआइमा पाउने

नेपालखोज २०७९ भदौ २९ गते ७:४०

काठमाडौं । माछापुच्छ्रे बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई इएमआई सुविधामा टिभी तथा इन्टरनेट प्याकेज उपलब्ध गराउने सम्बन्धमा माछापुच्छ्रे बैंक लिमिटेड, एनआईटिभी स्ट्रिम्ज प्रा. ली र वल्र्ड लिंक कम्युनिकेशनबिच त्रिपक्षीय सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा एनआईटिभी र वल्र्डलिंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारी र केशव नेपाल तथा माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता बमोजिम यस बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताले बैंकको इन्स्टा पे सुविधा मार्फत टिभी तथा इन्टरनेट सम्बन्धी विभिन्न कम्बो प्याकेज इएमईमा लिन सकिने व्यवस्था गरिएको छ । आउँदो दशैं, तिहार एवं छठ पर्वलाई लक्षित गरी एनआईटिभी र वल्र्डलिंकले संचालन गरेको फेस्टी अफरमा ग्राहकले करीव ५६ प्रतिशतसम्मको छुट पाउन बताइएकाे छ ।

बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा इन्स्टा पेबाट उपभोग गर्न सक्नेछन् । बैंकको क्रेडिट कार्ड नभएका ग्राहकहरुले अनलाइ मार्फत कार्डको लागि आवेदन दिन सक्नेछन् । हाललाई यो सुविधा वल्र्ड लिंक र एनआईटिभीको नेपाल स्थित सबै कार्यालयहरु मार्फत उपलब्ध बताएकाे छ ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसंग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक सुविधा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया