चिनियाँ जनकंग्रेस अध्यक्ष चान्सु लीले आज राष्ट्रपतिलाई भेट्ने

नेपालखोज २०७९ भदौ २९ गते ८:४४

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आइपुगेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुले आजराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपतिसँग अपराह्न चार बजे शीतल निवासमा भेट्ने कार्यक्रम रहेकाे बताइएकाे छ । उनी विशेष विमानबाट हिजो अपराह्न काठमाडौं आइपुगेका हुन् । अध्यक्ष लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले स्वागत गरेका थिए । विमानस्थलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरु उपस्थित थिए । यस अगाडि उनले नेपालका शीर्ष नेतासँग भेटघाट गरिसकेका छन् ।

प्रतिक्रिया