शुक्रबार, असार २०, २०८२

थपिए ११९ संक्रमित, १३० जना निको

नेपालखोज २०७९ भदौ २९ गते १६:३०

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ११९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमनबाट शून्य जनाको मृत्यु भएको जनाइएको छ ।

मन्त्रालयका अनुसार ४ हजार ८४ जनाको नमुना परीक्षण गर्दा ११९ जनामा कोरोना संक्रमण देखिएको हो ।

१ हजार ९५५ जनाको पीसीआर परीक्षण गर्दा ८९ जनामा र २ हजार १२९ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३० कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने २ हजार १९१ पुगेको छ ।

प्रतिक्रिया