‘हिमालको रक्षा गरे विश्वका डेढ अर्ब मानिसको पानीको सुरक्षा हुन्छ’

नेपालखोज २०७९ भदौ २९ गते २१:२५

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालका हिमालको रक्षा भएमा मात्रै विश्वका डेड अर्व मानिसको लागि आवश्यक पर्ने पानीको सुरक्षा हुने बताएका छन् ।

बुधबार दक्षिण कोरियामा आयोजित एसिया प्रशान्त क्षेत्रका मन्त्रीहरुको बैठकमा नेपालको तर्फबाट आफ्ना धारणा राख्दै उनले यसाे बताएका हुन् । दोस्रो हरित जलवायु कोष (जीसीएफ) ग्लोबल प्रोग्रामिङ सम्मेलनअन्तर्गत बुधबार एसिया प्रशान्त क्षेत्रका मन्त्रीहरुको विशेष बैठक भएको थियो । उक्त बैठकमा बोल्दै उनले भने, ‘अत्यावश्यकतालाई ध्यानमा राख्दै नेपाल सरकारले चालु आर्थिक वर्षमा हरित ऊर्जाका लागि १०० अर्ब रुपैयाँ विनियोजन गरेको छ । निजी क्षेत्रका लगानीकर्ताले पनि यो प्रवृत्तिलाई पछ्याइरहेका छन् ।’

उनले एक पछिल्लो अध्ययन अनुसार नेपालमा प्रतिस्पर्धी रुपमा ग्रीन अमोनिया तथा हाइड्रोजन उत्पादन गर्न सकिने र जसले विकसित रास्ट्रलाइ समेत उपलब्ध गराएर कार्बन उत्पादन न्युन गर्न सकिने भएकाले बिकसित रास्ट्रहरुले यस्ता परियोजनामा लगानी गर्दा नेपाल जस्ता देशलाई महत्वोपूर्ण सहयोग हुने बताए ।

प्रतिक्रिया