काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु
नेपालखोज
२०७९ भदौ ३० गते ८:३०

काठमाडाैं । काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । जिल्लाको बेथानचोक गाउँपालिका ४, चलाल गणेशथानमा गएराति पहिरो जाँदा तीनजनाको मृत्यु भएको हो ।
बिहान साढे १ बजे खसेको पहिरोले ४४ वर्षिय मीरबहादुर तामाङ ६५ वर्षिया लुदुलुङ तामाङ (ठूलीमाया), र ४० वर्षिया सावित्री तामाङको मृत्यु भएकाे जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी अमर दीप सुनुवारले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया